बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

बिहीबार, १३ कात्तिक २०८२, ०६ : ३२
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक काठमाडौंमा जारी छ।
  • अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दै कम्युनिस्ट एकताको आवश्यकता औंल्याए।
  • बैठकमा पार्टीको वैचारिक दृष्टिकोण, पुनर्गठन कार्ययोजना र नेतृत्व हस्तान्तरणबारे निर्णय हुनेछ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ । 

राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।  राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।

कात्तिक १४ गतेसम्म चल्ने बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ । 

बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप