‘मोन्था’ चक्रवातको प्रभाव: हेटौँडामा बिहानैदेखि वर्षा
बिहीबार, १३ कात्तिक २०८२, ०७ : ५६
सारांश
- बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ।
- मकवानपुरसहित बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ, जसले जनजीवन प्रभावित पारेको छ।
- मौसम विभागका अनुसार, यो चक्रवात भारतको पश्चिम बंगाल हुँदै नेपालतर्फ सर्दैछ, जसले वर्षा र चट्याङ ल्याउनेछ।
मकवानपुर । बङ्गालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमासमेत देखिन थालेको छ । मोन्थाको प्रभावका कारण बुधबार बिहानैदेखि मकवानपुरसहित बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बङ्गाल हुँदै नेपालतर्फ सरिरहेको छ ।
यसले विशेषगरी बागमती, कोशी, मधेस र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो ।
विभागका पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा पहिरोको जोखिम पनि बढेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण