पत्रकार किशोर श्रेष्ठलाई महेश बस्नेतको धम्कीप्रति प्रेस संगठनको भर्त्सना
सारांश
- एमाले नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।
- जनआस्था साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बस्नेतले सामाजिक सञ्जालमा धम्की दिएका थिए।
- समाजवादी प्रेस संगठन नेपालले घटनाको भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।
काठमाडौँ । समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई एमाले नेता महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको भन्दै समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेको छ ।
पूर्वउद्योगमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’समाचारलाई लिएर सोही पत्रिकाका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीयुक्त स्टाटस लेखेका थिए ।
उक्त घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको प्रेस संगठनमा महासचिव रोहित दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो’, महासचिव दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसङ्गत हुन सक्दैन ।’ समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण