खेलकुद
ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग माग्याे पाँच करोड बजेट
बिहीबार, १३ कात्तिक २०८२, ११ : ५७
सारांश
- एन्फाका सीईओ इन्द्रमान तुलाधरले ए डिभिजन लिगका लागि सरकारसँग ५ करोड बजेट माग गरेका छन्।
- क्लबहरू आर्थिक रूपमा खर्च गर्न नसक्ने अवस्थामा रहेको भन्दै उनले बजेट उपलब्ध भए लिग सञ्चालन गर्ने बताए।
- नयाँ मन्त्री आएकाले बजेट अनुमोदन हुनेमा एन्फा आशावादी देखिएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले ए डिभिजन लिग सञ्चालनका लागि सरकारसँग पाँच करोड रुपैयाँ बजेट माग गरेका छन् ।
बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रीसँगको छलफलका क्रममा उनले सरकारले उक्त बजेट उपलब्ध गराए मात्र लिग आयोजना गर्न सम्भव हुने बताए ।
‘ए डिभिजन लिग गर्न सरकारले पाँच करोड बजेट दिनुपर्छ,’ सीईओ तुलाधरले भने, ‘क्लबहरू आर्थिक रूपमा खर्च गर्न सक्ने अवस्थामा छैनन् । यदि बजेट पारित भएमा हामी अहिले लिग गर्न सक्छौं ।’
उनले नयाँ मन्त्री आएकाले बजेट अनुमोदन हुनेमा आशावादी रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण