चिनियाँ सामानमाथिको ट्यारिफ घटाएर ट्रम्पले ल्याए ४७ प्रतिशतमा
सारांश
- अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्न भन्सार महसुल घटाइएको छ।
- ट्रम्प र सीको भेटवार्तामा चिनियाँ सामानमा लाग्दै आएको भन्सार महसुल घटाइयो।
- फेन्टानिल तस्करी नियन्त्रण र अन्य विषयमा चीनको प्रगतिपछि यो निर्णय लिइएको हो।
सोल । अमेरिका र चीनबिच लामो समयदेखि व्यापार तनाव छ । दुबै देशले एकअर्कासँग जस्तालाई त्यस्तै गर्ने नीति अपनाउने क्रममा दुई देशबिच ट्यारिफ युद्ध नै छेडिएको थियो । यतिबेला दुई देशबिच ट्यारिफ युद्धविराम चलिरहेको छ ।
यसैबिच दक्षिण कोरियामा चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताको क्रममा ट्रम्पले चिनियाँ सामानहरूमाथि अमेरिकी भन्सारमा लाग्दै आएको कुल भन्सार महसुललाई घटाएर ४७ प्रतिशतमा झारेका छन् चीनले अमेरिकाबाट भटमास आयात गर्ने, दुर्लभ बहुमूल्य धातुको निर्यात सहज बनाउने र फेन्टानिल तस्करी नियन्त्रणमा प्रगतिपछि यो निर्णय गरिएको ट्रम्पले बताए ।
‘हामीले पहिले नै फेन्टानिलमाथिको कारबाही देखेका छौं, र तिनीहरूले धेरै कडा कारबाही गरिरहेका छन् । त्यसैले अतिरिक्त भन्सार महसुलमा १० प्रतिशतको कटौती गरियो,’ दक्षिण कोरियामा सीलाई भेटेपछि एयर फोर्स वनमा बोल्ने क्रममा ट्रम्पले भने ।
यो कटौती तुरुन्तै लागू हुने ट्रम्पले बताएका छन् । जसको अर्थ अमेरिकामा चीनबाट आउने सामानमा यस अघि लाग्दै आएको ५७ प्रतिशतको अतिरिक्त भन्सार महसुल घटेर ४७ प्रतिशतमा आउनेछ ।
केही विशिष्ट उत्पादनहरूमा अझै उच्च ट्यारिफ दरहरू लागू हुने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले भनेका छन् । केही व्यक्तिगत उत्पादनहरूको लागि यो महसुल सय प्रतिशतसम्म पुग्न सक्ने तर सामान्य वस्तुमा यो ४५, ४७ प्रतिशत रहने ग्रीरले बताए। अमेरिका र चीनको जस्तालाई त्यस्तै व्यवहार गर्ने नीति, निर्यातमा अंकुश लगाउने र अन्य दण्डहरूका कारण विश्व अर्थतन्त्रले उतारचढाव भोग्न बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण