काटिसकेको धान भिजेपछि किसान चिन्तित
सारांश
- अविरल वर्षाले रामेछापका किसानको धान खेतमै भिजेको छ, जसले उनीहरूलाई चिन्तित बनाएको छ।
- किसानहरूले तिहारपछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले गर्दा धान भित्र्याउन समस्या भएको छ।
- गत वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिए पनि वर्षाले गर्दा किसान निराश भएका छन्।
रामेछाप । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो ।
मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले बताइन् ।
धान झार्नका लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन् ।
जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो ।
गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यस वर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं–६ का किसान विमला ढुङ्गेलले चिन्ता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण