बहुसङ्ख्यक सदस्यहरू नियमित महाधिवेशनको पक्षमा
सारांश
- नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
- केन्द्रीय सदस्यहरूले निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनबारे चिन्ता व्यक्त गरे।
- बैठकमा संसद् पुनर्स्थापना र निर्वाचनका विषयमा छलफल भएको थियो।
काठमाडाैँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक सङ्कट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए ।
उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढङ्गले निर्वाचन हुनेमा आशंका रहेको उनको भनाइ छ ।
यद्यपि सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरूले राखेको प्रवक्ता महतले जानकारी दिए ।
उनले भने,‘बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहनुभएको छ । देशमा एउटा सङ्कटको परिस्थिति छ । यो परिस्थितिभन्दा माथि कसरी उठ्ने भन्ने विषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । त्यस्तै सरकारले प्रस्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तिपूर्ण र भयरहित ढङ्गले निर्वाचन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि साथीहरूले धारणा राख्नुभएको छ । निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभएको छ । बैठकमा संसद् पुनर्स्थापनाका कुराहरू पनि उठेका छन् । त्यसको सम्भावनाको बारेमा पनि साथीहरूले बोल्नुभएको छ । समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ । सँगसँगै पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरूले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथीहरूले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ । यी नै कुराहरू भएका छन् ।’
उनले बैठकमा संसद् पुनः स्थापनाको विषय समेत उठान भएको बताए । केही केन्द्रीय सदस्यहरूले संसद् पुनर्स्थापनाको सम्भावनाबारे समेत धारणा राखेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण