सीमावर्ती गाउँमा इजरायली आक्रमण, लेबनानका राष्ट्रपतिद्वारा प्रतिकार गर्न सेनालाई आदेश
सारांश
- लेबनानका राष्ट्रपतिले इजरायली आक्रमणको सामना गर्न सेनालाई निर्देशन दिएका छन्।
- इजरायली सेनाले लेबनानको ब्लिडा गाउँमा आक्रमण गरी एक नगरपालिका कर्मचारीको हत्या गरेको छ।
- सन् २०२४ को युद्धविराम सम्झौताको बाबजुद इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।
बेरुत । लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि यसको सामना गर्न लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनालाई बिहीबार निर्देशन दिएका छन् । लेबनानी प्रेसिडेन्सीबाट जारी विज्ञप्तिमा उनले लेबनानी सशस्त्र बलका कमान्डर रोडोल्फ हायकलसँगको भेटका क्रममा उक्त कुरा बताइएको उल्लेख गरिएको छ।
राष्ट्रपतिले यस आक्रमणलाई जारी इजरायली आक्रमणको एक भागको रूपमा निन्दा गरेका छन् । युद्धविराम अनुगमन समितिको बैठकपछि यो आदेश भएको हो । उनले समितिलाई नोभेम्बर २०२४ को युद्धविराम सम्झौताका सर्तहरूको सम्मान गर्न तर उल्लङ्घनको दस्तावेजीकरण भन्दा अगाडि बढ्न र लेबनानी सार्वभौमिकताको उल्लङ्घन रोक्न इजरायललाई दबाब दिन ठोस कदम चाल्न आग्रह गरे ।
बुधबार बिहान १ः ३० बजे लेबनानी ब्लिडा गाउँमा इजरायली सेनाले सीमाभन्दा एक किलोमिटर भन्दा बढी अगाडि बढ्दै घुसपैठ गरेको लेबनानले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्था (एनएएनए) का अनुसार इजरायली सेनाले ब्लिडा नगरपालिका भवनमा आक्रमण गरेको थियो ।
ब्लिडा नगरपालिकाका कर्मचारी इब्राहिम सलामेहले नगरपालिका कार्यालयमा बसी कार्यालयको सुरक्षा दिइरहेका समय रातिको समयमा उनलाई इजरायली सैनिकहरूले गोली हानी हत्या गरेका मारेका एनएएनएले समाचारमा जनाएको छ।
इजरायली सेनाले आफ्नो सेनाले ब्लिडामा रातभर कारबाही गरेको पुष्टि गरेको छ र हिजबुल्लाहको पूर्वाधार नष्ट गर्ने अभियानको क्रममा ‘तत्काल खतरा’ पहिचान गरेपछि उनीहरूले गोली चलाएको बताएको छ। घटनाको समीक्षा भइरहेको बताइएको छ ।
स्थानीय बासिन्दाहरूले इजरायली सेनाको कारबाहीको क्रममा भवनबाट मद्दतको लागि बिहान ४ः ०० बजेसम्म चिच्याएको आवाज सुनिएको जनाएका छन् । उनीहरूका अनुसार इजरायली सेना स्थानीय समय अनुसार बुधबार राति नै आफ्नो सीमातर्फ फिर्ता भएको थियो ।
सन् २०२४ नोभेम्बर २७ देखि संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हेजबुल्ला र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको थियो । सम्झौताले गाजा पट्टीमा युद्धको बीचमा दुई पक्षबिच भएको झडपलाई धेरै हदसम्म समाप्त गरेको थियो।
सम्झौताको बाबजुद इजरायली सेनाले लेबनानमा यदाकदा आक्रमणहरू जारी राखेको छ। इजरायली सेनाले हिजबुल्लाह समूह आफ्ना लागि ‘खतरा’ भएको बताउँदै आएको छ र लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा आफ्नो सेनाको तैनाथीलाई कायम राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण