बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ठेक्का सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी

शुक्रबार, १४ कात्तिक २०८२, ०८ : २५
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • सहरी विकास तथा भवन निर्माण विभागले चितवनका निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • सम्झौताअनुसार समयमा काम नगर्ने व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।
  • भरतपुर महानगरपालिका, रामग्राम र रत्ननगरका विभिन्न निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ।

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले चितवनका विभिन्न ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

आयोजनाले एक सूचना प्रकाशित गर्दै विभिन्न निर्माण कार्यहरूको ठेक्का लिई तोकिएको समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको चेतावनी दिइएको हो।

सूचनामा भनिएको छ, 'निर्माण कार्य गर्न सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागि यस अवधि पनि पटक पटक लिखित पत्र तथा मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न तदारुकता नदेखाएकोले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको सर्त बमोजिम ठेक्का किन नतोडिने ? ठेक्का नतोड्नुपर्ने कुनै मनासिब कारण भएमा यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) कार्यादिन भित्र लिखित रूपमा स्पष्ट जवाफ सहित निर्माण व्यवसायी स्वयं उपस्थित हुन सूचित गरिन्छ । अन्यथा ठेक्का सम्झौताको सर्त बमोजिम कारबाही अघि बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।'

चितवन जिल्ला भरतपुर महानगरपालिकाका विभिन्न पोखरी, पार्क, हाटबजार निर्माण कार्य, रामग्राम नगरपालिका वडा नं. २ स्थित हाट बजार निर्माण सुधार कार्य र रत्ननगर सभहल निर्माणमा विलम्ब भएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । 

574890818_1128695972666216_5398294853868008869_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप