क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट
सारांश
- नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले नेपथ्य ब्यान्डको कन्सर्ट आयोजना गर्दैछ।
- कन्सर्ट 'क्रिकेटका लागि नेपथ्य' नारासहित पोखरा रंगशालामा हुनेछ, जसमा जर्सी किन्ने समर्थकले प्रवेश पाउनेछन्।
- कन्सर्टबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्न प्रयोग गरिनेछ।
पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रङ्गशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो ।
क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । ‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन,’ अध्यक्ष त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सको जर्सी किन्ने समर्थकहरूले कन्सर्टमा प्रवेश पाउनेछन् । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ ।’
कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेभसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो । तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको छ । पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ ।
मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ । मंगलबार पोखरामा ट्रफी प्रर्दशन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडीको पोखरामा खेलकुदको लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रङ्गशालाले खेलाडी र खेलप्रेमीमा उर्जा थपेको बताए । ‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ । अबको तयारी र खेलहरू विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ । हाम्रो शुभकामना छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण