जंगली भालुको आतंक बढेपछि शिकारी भर्ना गर्दै जापान
सारांश
- जापान सरकारले भालु आक्रमण नियन्त्रण गर्न लाइसेन्स प्राप्त शिकारी भर्ना गर्ने योजना बनाएको छ।
- यस वर्ष भालु आक्रमणबाट १०० जना घाइते र १२ जनाको मृत्यु भएको छ, जुन २००० पछिकै उच्च हो।
- जनसुरक्षाका लागि भालुलाई खतरा मान्दै प्रहरीलाई राइफल प्रयोगको अनुमति दिने सम्भावनाबारे अध्ययन हुँदैछ।
टोकियो । देशभर बढ्दै गएको भालू आक्रमणको घटना नियन्त्रण गर्न जापान सरकारले लाइसेन्स प्राप्त शिकारीहरू भर्ना गर्ने योजना बनाएको छ ।
सरकारले बजेट नै छुट्याएर शिकारी र अन्य जनशक्ति नियुक्त गर्ने पर्यावरण मन्त्रालयले बिहीबार बताएको छ । यी शिकारीहरूले आवासीय क्षेत्रमा पसेका र मानिसमाथि आक्रमण गर्ने भालूहरूलाई नियन्त्रणमा राख्ने भनिएको छ ।
यो निर्णय जापानमा भालूको संख्या र आक्रमण तीव्र रूपमा बढेपछि उच्चस्तरीय बैठकमार्फत तयार गरिएको नयाँ नीतिगत कदम हो ।
यस वर्षको अहिलेसम्मको अवधिमा भालूको आक्रमणबाट सय जना घाइते भइसकेका छन् भने १२ जनाको मृत्यु भइसकेको छ । यो २००० दशकदेखि यस्तो खालको तथ्याङ्क संकलन गर्न लागिएयताकै सबैभन्दा बढी हो ।
भालूलाई जनसुरक्षाका लागि गम्भीर खतरा भन्दै, पुलिसलाई आफ्ना राइफल प्रयोग गरेर भालू मार्ने अनुमति दिने सम्भावनामाथि पनि अध्ययन भइरहेको बताइाएको छ । यी सबै प्रतिकारात्मक उपायहरूलाई नोभेम्बर मध्यसम्म अन्तिम रुप दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण