भारत र अमेरिकाले गरे १० वर्षे रक्षा सम्झौतामा हस्ताक्षर
सारांश
- भारत र अमेरिकाले १० वर्षे रक्षा सम्झौता गरेका छन्, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।
- अमेरिकी रक्षामन्त्री र भारतीय रक्षामन्त्रीबीचको भेटवार्तामा सम्झौता भएको हो, जसले क्षेत्रीय स्थिरतामा जोड दिन्छ।
- भन्सार महसुलको विवाद र रुसी तेल खरिदका कारण बिग्रिएको सम्बन्धलाई सुधार्न दुवै देशले प्रयास गरिरहेका छन्।
नयाँ दिल्ली । भारत र अमेरिकाले शुक्रबार १० वर्षे रक्षा सम्झौता गरेका छन् । दुई देशीय सम्बन्धका लागि यो सम्झौता महत्त्वपूर्ण हुने बताइएको छ । सम्झौतामा अमेरिकाको युद्ध मन्त्री पिट हेगसेथले हर भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरेका थिए ।
आफूले भारतीय रक्षामन्त्री सिंहलाई भेटेको अनि यस क्रममा एउटा सम्झौतामा हस्ताक्षर भएको भन्दै हेगसेथले माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्टमा भनेका छन् । यस सम्झौताले क्षेत्रीय स्थिरतालाई बलियो पार्ने उनले बताए ।
राजनाथले यस अघि अगस्टमै वासिङ्टन डीसीमा हेगसेथलाई भेट्ने योजना थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आफ्नो देशमा आउने सामानमाथि अतिरिक्त भन्सार महसुल दोब्बर बनाउँदै ५० प्रतिशतमा पुर्याएपछि सो भ्रमण रद्द गरिएको थियो । त्यसपछि दुई देशबिचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । राजनाथ आसियान देशहरूको सम्मेलनमा मलेसिया गएको बेलामा उनी र हेगसेथले रक्षा सम्झौता गरेका छन् ।
सम्बन्ध सुध्रिने आशा
गत हप्ता अमेरिकाले रुसका दुई प्रमुख कच्चा तेल निर्यातकर्ताहरूमाथि प्रतिबन्धको घोषणा गरेसँगै भारतीय रिफाइनरीहरूले रुसी तेल आयातमा कटौती गरेका छन् । यस पछि दुवै देशले एक–अर्कासँग सम्बन्ध पुनर्निर्माणको सम्भावना छ कि भनेर हेरिरहेका छन् ।
हालैको दक्षिण कोरिया भ्रमणको क्रममा ट्रम्पले भारतसँग व्यापार सम्झौता गर्न चाहेको बताएका थिए । हालैका वर्षहरूमा अमेरिका र भारतले सम्बन्ध राम्रो बनेको थियो । तर ट्यारिफ विवाद र रुसी कच्चा तेल खरिदले दुई देशबिच सम्बन्ध केही बिग्रियो । अमेरिका र यसका युरोपेली सहयोगीहरूले आफ्नै हित अनुसार मस्कोसँग व्यापार जारी राखिरहँदा आफूलाई निशाना बनाइएको भारतको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण