कांग्रेस कार्यवाहक सभापतिले गरे महामन्त्रीद्वयसँग परामर्श
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति र महामन्त्रीहरूबीच पार्टी बैठकको एजेन्डाबारे छलफल भयो।
- महामन्त्री थापाले कार्यवाहक सभापतिबाट अनुमति नपाए पनि महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।
- थापाले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श गरेका छन् ।
आफ्नै निवास गोल्फुटारमा कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माबिच छलफल भएको खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए । ‘निवासमा कार्यवाहक सभापतिज्यूले महामन्त्रीद्वयसँग छलफल गर्नुभएको हो,’ बिसीले रातोपाटीसँग भने, ‘विषय के थिए भन्नेबारे जानकारी भएन ।’
बिहान संस्थापन इतर समूहका नेता डा.शेखर कोइरालाले गरेको छलफलमा महामन्त्री थापाले कार्यवाहक सभापति खड्काले अनुमति नदिए पनि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने बताएका थिए ।
बैठक १ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन । महामन्त्री थापाले अनुमति नपाए पनि कार्यतालिका पेस गर्ने डा.कोइरालाले आह्वान गरेको बैठकमा बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा बोलाएको छलफलमा राखेको विषय महामन्त्री थापाले कार्यवाहक सभापति खड्कासँगको बैठकमा पनि राखेको स्रोतले जानकारी दियो । कार्यतालिका पेस गर्न अनुमति नदिए पनि पेस गर्ने बताएको स्रोत बताउँछ । तर, खड्काले भने छलफल आवश्यक रहेको बताएका थिए ।
महामन्त्री थापाले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार गरेका थिए । गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने अनुमति नपाएपछि सचिवालयमार्फत सार्वजनिक गरेका थिए ।
आजको बैठकमा त्यही कार्यतालिका पेस गर्ने थापाको तयारी छ । बिहीबारको बैठकमा कार्यतालिका पेस गर्न नपाउने भएपछि महामन्त्री थापाले बैठक बहिस्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण