अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
शुक्रबार, १४ कात्तिक २०८२, १८ : २४
सारांश
- चितवन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
- लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेकाले आज यात्रा नगर्न आग्रह गरिएको हो।
- मुग्लिङ-मलेखु सडकखण्डमा पहिरो गएकाले यातायात प्रभावित भएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै सकभर आज यात्रा नगर्न आग्रह गरेको हो ।
'मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ मलेखु खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि लगातार स–सानो पहिरो गइरहेको र त्यस्तो पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको छ,जारी सूचनामा भनिएको छ, 'वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोले उक्त सडक खण्ड भएर यात्रा गर्नुहुने यात्रु महानुभावहरूले अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगर्नुहुन अनुरोध छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण