अत्यावश्यकबाहेक नारायणगढ–मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न अनुरोध
सारांश
- अविरल वर्षाले पहिरोको जोखिम बढेपछि नारायणगढ-मुग्लिन र मुग्लिन-मलेखु सडकखण्डमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।
- स-साना पहिरो खसिरहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन प्रशासनको आग्रह छ।
- नारायणगढ-मुग्लिन र मुग्लिन-मलेखु खण्डमा सवारी आवागमन बन्द हुनसक्ने भएकाले यात्रा अघि जानकारी लिनु पर्नेछ।
चितवन । अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै वर्षासँगै बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।
हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन उनले आग्रह गरे ।
वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उनले बर्ता । उक्त सडकमा यात्रा गर्नु पूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण