जीतको खोजीमा रहेको नेपाल शीर्षस्थानको अमेरिकासँग भिड्दै
सारांश
- नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार अमेरिकाविरुद्ध खेल्दैछ, जुन खेल दुबईमा हुँदैछ।
- पछिल्ला खेलहरूमा पराजयपछि दबाबमा रहेको नेपालले यूएईसँग हारेको थियो, तर रोहित पौडेलले शतक बनाए।
- अमेरिका उत्कृष्ट लयमा छ, जसले यूएईलाई हराएर अंक तालिकामा शीर्ष स्थान ओगटेको छ।
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपालले ८९औँ खेलमा अमेरिकाविरुद्ध खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ किनकि नेपाली टोली पछिल्ला खेलहरूमा पराजयपछि दबाबमा छ।
नेपालले आफ्नो अघिल्लो खेलमा रोहित पौडेलको शानदार शतकको बाबजुद घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपालले २३३ रन बनाए पनि यूएईले सहजै लक्ष्य पछ्याएको थियो।
आज नेपालले सामना गर्न लागेको अमेरिका भने उत्कृष्ट लयमा छ। अमेरिकाले पछिल्लो खेलमा यूएईलाई ४ विकेटले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। शृङ्खलाको पहिलो खेलमा टोलीले नेपाललाई १०६ रनले हराएको थियो ।
दुई टोलीबिच हालसम्म १० खेल भएका छन्, जसमा नेपालले ४ जित निकालेको छ भने अमेरिकाले ५ खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ।
अमेरिकाले २२ खेलबाट १६ जित निकाल्दै ३२ अङ्क जोडेको छ। अङ्क तालिकामा पुछारतिर रहेको नेपाललाई शीर्षस्थानको बलियो अमेरिकामाथि जित निकाल्न निकै कडा चुनौती हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण