खराब मौसमको कारण तीन विमानस्थलमा उडान स्थगित
शनिबार, १५ कात्तिक २०८२, ०९ : ३८
सारांश
- खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडानहरू अवरुद्ध भएका छन्।
- बिहीबारदेखि परेको वर्षाले उडान प्रभावित पारेको छ।
- मौसमविद्का अनुसार भोलिबाट मौसममा सुधार आउनेछ।
काठमाडौँ । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो ।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
भोलिदेखि देशका अधिकांश भूभागमा मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण