कटहरिया नगरपालिकामा चौथो दिन पनि तालाबन्दी, विद्यालयमा अनिश्चितकालीन हडताल
सारांश
- रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीले तलबको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन्।
- नगरपालिकाका सेवाग्राहीहरू चार दिनदेखि प्रशासनिक सेवाबाट वञ्चित भएका छन्।
- कटहरिया-४ को दलित प्राथमिक विद्यालयमा पनि आर्थिक पारदर्शिताको माग गर्दै तालाबन्दी गरिएको छ।
रौतहट । रौतहटको कटहरिया नगरपालिका र त्यसका सबै वडा कार्यालयहरूमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको तालाबन्दी चौथो दिनसम्म पनि यथावत् रहेको छ। लामो समयदेखि बक्यौता तलब र सेवा–सुविधा नपाएको भन्दै कर्मचारीहरूले दोस्रो पटक नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण कार्यालयहरूमा ताला लगाएका हुन्।
लगातार चार दिनदेखि कार्यालय बन्द हुँदा नगरका सेवाग्राहीहरू अत्यावश्यक प्रशासनिक कामका लागि बिचल्लीमा परेका छन्। वडा कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकासा गर्न निर्देशन दिए पनि उनले अटेर गरेको दाबी गरेका छन्। तर, कर्मचारीहरूले भने मेयर र प्रमुख प्रशासकीय अधिकृत दुवैले पटक–पटक आश्वासन दिएर पनि कार्यान्वयन नगरेको भन्दै अब विश्वास गर्न नसकिने बताएका छन्।
यसैबिच, कटहरिया–४ बलिरामपुरस्थित श्री दलित प्राथमिक विद्यालयमा पनि अभिभावकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले विगत पाँच वर्षदेखि विद्यालयको आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको र तीन वर्षदेखि २७३ विद्यार्थीको छात्रवृत्ति वितरण नगरेको भन्दै अभिभावकहरू आन्दोलित भएका हुन्।
अभिभावकहरूले हिसाबकिताब सार्वजनिक नभएसम्म विद्यालयको ताला नखोल्ने चेतावनी दिएका छन्। प्रधानाध्यापक प्रभु महतोले आज दिउँसो इलाका प्रहरी कार्यालय कटहरियामा अभिभावकहरूसँग छलफल गरिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
-
गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण