बाबर टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी
शनिबार, १५ कात्तिक २०८२, ११ : ११
सारांश
- बाबर आजम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्, रोहित शर्माको रेकर्ड तोड्दै।
- शुक्रबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा ११ रन बनाउँदै उनले कीर्तिमान बनाए।
- पाकिस्तानले दक्षिण अफ्रिकालाई १३ ओभर १ बलमा १ विकेट गुमाएर १११ रनको लक्ष्य पूरा गर्यो।
काठमाडौँ । पाकिस्तानका ओपनर ब्याटर बाबर आजम टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले भारतीय क्रिकेटर रोहित शर्माको रेकर्ड तोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । शुक्रबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा उलने ११ रन बनाउँदै आफ्नो नाममा यो कीर्तिमान बनाए ।
लाहोरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर १ बमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
बाबरले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरमा ४ हजार २३४ रन बनाएका छन् । भारतका रोहित शर्माले ४ हजार २३१ रन बनाएका छन् । त्यस्तै विराट कोहलीले ४ हजार १८८ रन बनाउँदा इङ्गल्याण्डका जोस बटलरले ३ हजार ८६९ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण