जिफन्टका उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग
सारांश
- जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन्।
- उपाध्यक्ष गौतमको भैरहवामा धर्ना दिने क्रममा निधन भएको थियो, उनले श्रमिकको पक्षमा आवाज उठाएका थिए।
- श्रेष्ठले जेनजी आन्दोलन र सरकारको रवैयाको आलोचना गर्दै श्रमिकको रोजीरोटी गुमेको बताए।
काठमाडौँ । नेकपा एमालेसम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता तथा जिफन्ट उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो माग गरेका हुन्।
जिफन्टका उपाध्यक्ष कमल गौतमको ६५ वर्षको उमेरमा गत बिहीबार भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयअगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला निधन भएको थियो। अध्यक्ष श्रेष्ठले श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने गौतम श्रमिकहरूका लागि महान् सहिद भएको बताए।
उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरूको रोजीरोटी गुमेको बताए। उद्योगी र सरकार बिचको टकरावको मारमा श्रमिकहरू पर्न नहुने उनको भनाइ छ। सरकार जेनजी आन्दोलनको माग पूरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको श्रेष्ठले आरोप लगाए।
श्रेष्ठले आन्दोलनको नाममा भएको हिंसा र लुटपाटलाई सङ्केत गर्दै भने– ‘अस्ति भर्खरै जेनजी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झन्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि सहिद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरूलाई पनि, चोरलाई पनि सहिद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथिबाट आउन नसकेर मर्नेहरू पनि सहिद भए।’
उनले सरकारलाई आग्रह गर्दै थपे- ‘५० औँ हजार मजदुरहरूको निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने ? हामी हाम्रो महासङ्घको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरूभन्दा महान् सहिद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु।’
उनले श्रमिकहरूको अधिकारका लागि आफूहरूको आन्दोलन जारी रहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण