काठमान्डु गोर्खाजले ल्यायो २४ वर्षे बेन चार्ल्सवर्थ
काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीका रूपमा बेन चार्ल्सवर्थलाई लिएको छ । देब्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने यी २४ वर्षे अलराउन्डर ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् ।
काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी निरन्तर सोही टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औसतमा २७५४ रन बनाइसकेका छन्, जसमा ४ शतक र १५ अर्धशतक छ । सो क्रममा उनले ३० विकेट पनि लिएका छन् ।
चार्ल्सवर्थले २८ लिस्ट ‘ए’ खेलमा १ हजार रनको आँकडा छुने क्रममा छन् । ट्वान्टी–२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित ७७६ रन बनाइसकेका छन् । उनले १४५ माथिको स्ट्राइक रेटमा यो रन बनाएका हुन् । उनले खेलेका ट्वान्टी २० का सबै खेल भाइटालिटी ब्लास्टको हो ।
इंग्ल्यान्डबाट यू–१९ मा प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजनको यूएईको आईएल टी-२० मा एमआई इमिरेट्सको टोलीमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण