पहिरोले कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध
हेटौँडा । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।
कात्तिक १४ गतेदेखि निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवागमन ठप्प भएको छ । काठमाडौंबाट हेटौँडा तर्फ आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनहरू बिच बाटोमै रोकिएका छन् ।
मकवानपुर प्रहरीका अनुसार पहिरो खसेको स्थानमा डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ । निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
मौसम अनुकूल बनेपछि सडक सुचारु गर्न सकिने अनुमान गरिएको छ । प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण