छिट्टै नेकपा एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने माओवादीको निर्णय
सारांश
- माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग छिट्टै एकता गर्ने निर्णय गरेको छ।
- पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको प्रवक्ताले बताए।
- आगामी फागुन २१ गतेको चुनावलाई मध्यनजर गर्दै पार्टी एकताका लागि ढिला नगर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले छिटोभन्दा छिटो नेकपा एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने निर्णय गरेको छ ।
शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले एकताका लागि प्राविधिक तथा सांगठानिक विषयमा छलफल भएको भन्दै कात्तिक १७ गते बस्ने केन्द्रीय बैठकले एकताको अन्तिम निर्णय गर्ने बताए ।
सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीबिच एकता हुने पनि बताए । त्यस्तै विप्लव नेकपाबाट विद्रोह गरेका शक्तिसँग पनि पार्टी एकताका लागि कुराकानी भइरहेको उनले बताए ।
तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने भएकाले एकताका लागि ढिला नगर्ने उनको जिकिर थियो ।
उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सिंगै एकतामा ल्याउने प्रयास गरिएको जानकारी दिए । एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण