सबै एकजुट छौँ, जनार्दन पनि एक हुनुपर्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरू कुरा नसुनी हिँड्ने पार्टी नेता जनार्दन शर्माको शैली ठिक नभएको बताएका छन् ।
पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एकजुट हुने आशा व्यक्त गरेका हुन् ।
सञ्चारकर्मीले ‘जनार्दन बैठक बिचमा नै छाडेर निस्कनु भयो । पार्टीमा पहिरो जाने देखिएको हो ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए ।
जवाफमा प्रचण्डले भने, ‘केही जाँदैन, सबै एकजुट भएको छ हाम्रो पार्टी। सीसी मिटिङसम्म जनार्दन पनि एक हुनुपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ। उहाँले आज बैठक राम्रो सुरु भएको थियो। उहाँले विषय राख्नुभयो । सबैका कुरा सुन्नु भनेको उठेर हिँड्नुभयो। त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन।’
उनले महाधिवेशन टार्न लागेको भन्ने शर्माको आरोप गलत र अराजक धारणा भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण