मौसममा क्रमिक सुधार
सारांश
- मौसम विभागका अनुसार देशमा मौसममा सुधार हुँदै आइतबार थप सुधार हुनेछ।
- बंगालको खाडीको चक्रवात हटेपनि पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले वर्षा गरायो।
- कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, सतर्कता अपनाउन अनुरोध छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार बिहान धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अपराह्नबाट बिस्तारै खुल्दै गएको र साँझ देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिएको जानकारी दिए ।
बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कायम हुँदा आज पनि देशका धेरै ठाउँमा वर्षा भएको उनले बताए । यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतबार भने आजको तुलनामा धेरै नै सुधार हुने अधिकारीको भनाइ छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटनका क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसपालि मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठुलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ । यस्तै, भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ । नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण