माओवादी सचिवालय बैठक आज पनि बस्दै
सारांश
- माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्ने भएको छ।
- प्रचण्डले एकीकृत समाजवादीसँगको एकताको ब्रिफिङ गरे, तर जनार्दन शर्माले असहमति जनाए।
- शर्माले हतारमा एकता गर्दा कम्युनिस्ट आन्दोलनलाई प्रतिकुल असर गर्ने बताए।
काठमाडाैँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने बताएका थिए ।
तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बाहिरिएका थिए । उनले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका थिए । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो ।
कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बस्ने र १८ गते एकता घोषणाको तयारी भइरहेको छ । यस विषयमा आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण