मेस्सीको गोलका बावजुद मियामी पराजित
टेनसी। लिओनेल मेस्सीले ८९औँ मिनेटमा गरेको गोलका बावजुद नासभिल एससीले इन्टर मियामीलाई २-१ ले पराजित गरेको छ। यस जितसँगै नासभिलले मेजर लिग सकर (एमएलएस) कपको पहिलो चरणको प्लेअफमा आफूलाई जीवित राखेको छ।
नासभिलले मे २०२३ यता इन्टर मियामीविरुद्ध गरेको यो पहिलो जित हो, जसले १० खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ।
टेनसीको वर्षाले भिजेको जिओडिस पार्कमा साम सरिज र जोश बाउरले पहिलो हाफमा गरेको गोलले नासभिलले खेलमा नियन्त्रणमा राख्यो। खेलको नवौँ मिनेटमा सरिजले पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ सकिनै लाग्दा हानी मुख्तारले हानेको कर्नर बललाई बाउरले बायाँ खुट्टाले स्लाइड गर्दै गोलमा परिणत गर्दै नासभिलको अग्रता २-० बनाएका थिए।
दोस्रो हाफमा मियामी दृढताका साथ प्रस्तुत भयो, तर ६६औँ मिनेटमा लुइस सुआरेजले नजिकबाट प्रहार गरेको बल नासभिलका गोलकिपर जो विलिसले जोगाए।
मेस्सीले खेलको अन्तिम मिनेटहरूमा आफ्नो प्रयास बढाए। ८९औँ मिनेटमा उनले गोल गर्न सफल पनि भए।
मेस्सीको दुई गोलको मद्दतले मियामीले पहिलो खेल ३-१ ले जितेर सिरिजमा पकड बनाएको थियो, तर अब उनीहरूले निर्णायक तेस्रो खेल शनिबार फ्लोरिडामा खेल्नुपर्नेछ।
यो हारले गत वर्षको अप्रिय घटनाको सम्झना दिलाएको छ, जब मियामी नियमित सिजनमा उत्कृष्ट रेकर्ड पोस्ट गर्दै प्लेअफमा पुगेको थियो र एट्लान्टा युनाइटेडविरुद्ध आफ्नो पहिलो खेल जितेको थियो, तर त्यसपछिका दुई खेल एट्लान्टाले जितेर मियामीलाई बाहिर पठाएको थियो।
यस सिरिजको विजेताले कोलम्बस वा सिन्सिनाटीमध्ये एकसँग खेल्नेछ। सिन्सिनाटीले आफ्नो दोस्रो खेल आइतबार खेल्दा १-० को सिरिज अग्रता लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण