राजनीति
माओवादी आयोजक समितिको बैठक सर्यो
आइतबार, १६ कात्तिक २०८२, ११ : ३७
सारांश
- नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक स्थगित भएको छ।
- प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक कात्तिक १८ गते बस्ने भएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने तय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाले जेनजी आन्दोलनको भावना विपरीत एकीकृत समाजवादी पार्टीसँग एकता गर्न लागेको आरोप गलत भएको समेत बताए ।
उनले भने, 'यो कुरामा कुनै सत्यता छैन। वास्तवमा, जेनजी आन्दोलनको सबैभन्दा बढी कदर गर्ने पार्टी माओवादी केन्द्र नै हो ।' उनले एकीकृत समाजवादी पार्टीसँगको एकता देशको आवश्यकता भएको र यो एकता राष्ट्रिय हितमा हुने दाबी गरे ।
सापकोटाले एकीकृत समाजवादी पार्टीसँगको एकतापछि संयुक्त बैठक असार २० गते बस्ने जानकारी दिए । उनले अहिले देशले धेरै चुनौतीहरुको सामना गरिरहेको बताउँदै यस्तो अवस्थामा सबै बामपन्थी शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण