मनास्लु पदमार्गमा आवातजावत खुला
सारांश
- गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ।
- अत्यधिक हिमपात र वर्षाका कारण पदमार्ग बन्द गरिएको थियो।
- प्रशासनले पर्यटकलाई सुरक्षित यात्राको लागि मौसमको जानकारी लिन अनुरोध गरेको छ।
गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पदयात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, उनले भने, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण क्षेत्र, नजिकको सुरक्षा निकायबाट जानकारी लिन भनिएको छ ।”
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु पदमार्गमा पदयात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर निस्कन र वर्षाका कारण केही ठाउँमा पदमार्ग बिग्रिएकाले सावधानी अपनाउन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण