सेयर बजार ३०.७५ अंकले बढ्यो, ९ अर्बभन्दा बढीको कारोबार
सारांश
- बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुग्यो।
- आज बजारमा ९ अर्ब १० करोडको कारोबार भयो, जुन अघिल्लो दिनको भन्दा डेढ अर्बले बढी हो।
- १९८ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने खानीखोला हाइड्रोपावरको मूल्यमा गिरावट आयो।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३०.७५ अङ्कले बढेको हो ।
योसँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ । बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले बढी हो । गत विहीबार ७ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
बजारमा आज १९८ कम्पनीको मूल्य बढेको छ । ५० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
ट्रेडिङ सेक्टर बाहेक बजारका सबै समूहको सूचक बढेको छ । फाइनान्स क्षेत्रमा ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्रमा ४.३५ प्रतिशत माथिको वृद्धि भएको छ ।
आज बजारमा ५ कम्पनीको मूल्य १० प्रतिशतसहित सकारात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनीको सेयर समेत सर्किट लेभलमै बढेका छन् । यसरी सर्किट लाग्ने कम्पनीहरुमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्त रहेका छन् । सबैभन्दा धेरै गिरावट खानीखोला हाइड्रोपावरको ४.७६ प्रतिशत भएको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ । युनियन हाइड्रोपावरको ३४ करोड र वुटवल पावर कम्पनीको २५ करोडको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण