नाइजेरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाहीको तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएका छन्।
- ट्रम्पले नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न नसकेको आरोप लगाउँदै सहयोग बन्द गर्ने बताएका छन्।
- नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमण भइरहेको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो । तर नाइजेरियाले भने यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।
सामाजिक सञ्जाल गरिएको एउटा लामो पोस्टमा ट्रम्पले नाइजेरियामा अमेरिकाले दिँदै आएको सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने लेखेका छन् । पोष्टमा त्यहाँको सरकारलाई छिटो यस मामिलामा कारबाही गर्न चेतावनी दिएका छन् । अमेरिका नाइजेरियामा आक्रमण गरेर त्यहाँ भयानक अत्याचार गरिरहेका इस्लामिक आतंककारीहरूलाई पूर्ण रूपमा मेटाउन सक्ने पनि उनले पोष्टमा लेखेका छन् ।
२३ करोड भन्दा बढी जनसंख्या भएको नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमणको सिकार भइरहेका छन् । केही हिंसाका घटना धार्मिक रूपमा प्रेरित छन् र दुवै समूहहरू मारमा परेका छन् । अरू केही हिंसा चाहिँ सीमित स्रोतहरूमा किसान र गोठालाहरू बिचको विवाद, साथै साम्प्रदायिक र जातीय तनावबाट उत्पन्न भएका छन् ।
‘म यहीबाट हाम्रो युद्ध मन्त्रालयलाई सम्भावित कारबाहीको लागि तयारी गर्न निर्देशन दिइरहेको छु,’ ट्रम्पले लेखेका छन्, 'यदि हामीले आक्रमण गर्यौं भने, यो छिटो, क्रूर र मीठो हुनेछ ।’
ट्रम्पको यो पोस्टको स्क्रिनशटलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै रक्षा मन्त्री पिट हेगसेथले क्याप्शनमा ‘यस सर’ लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण