अपडेट
प्रचण्ड र माधव छलफलमा
आइतबार, १६ कात्तिक २०८२, १६ : ३१
सारांश
- माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी एकताको विषयमा छलफल भयो।
- छलफलमा दुवै दलका पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी थिए।
- कात्तिक २० गते माओवादी, एकीकृत समाजवादीलगायतका वाम समूहहरू पार्टी एकता गर्दैछन्।
काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच पार्टी एकताबारे छलफल भएको छ । माओवादीको कार्यालय पेरिसडाँडामा नेताहरूबिच केही बेरअघिबाट छलफल सुरु भएको हो । छलफलमा प्रचण्ड र नेपालबाहेक दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी छन् ।
अध्यक्ष नेपाल प्रचण्डसँगको छलफलका लागि सचिवालय बैठक सकेर नेता राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमालसहित पेरिसडाँडा पुगेका हुन् ।
माओवादी, एकीकृत समाजवादीलगायत केही साना वाम समूहहरू यही कात्तिक २० गते पार्टी एकता गर्दैछन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भैसकेको छ ।
कार्यदलसहितको आजको छलफलमा एकीकृत पार्टीको सांगठानिक संरचना कस्तो हुने र को को रहने भन्नेबारे टुंगो लाग्ने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण