अक्टोबरमा सवा लाख पर्यटक नेपालमा, १० महिनामा साढे ९ लाख पर्यटक
सारांश
- अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
- जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन्।
- भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन् भने युरोपबाट पर्यटकको संख्या उल्लेख्य छ।
काठमाडौँ । यो वर्षको अक्टोबरमा महिनामा १ लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अध्यागमन विभागबाट प्राप्त प्रारम्भिक मासिक तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्षको मुख्य सिजनमा सवा लाख पर्यटक नेपाल भित्रिएका हुन् ।
जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् ।
कहाँबाट कति आए पर्यटक ?
अक्टोबर महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । जसको सङ्ख्या १७,२९८ रहेको छ ।
त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट ८ हजार ७१८ पर्यटक आएका छन् । नेपाल आउने मुख्य १० देशहरूमा चीन ६ हजार ७५५, जर्मनी ६ हजार ३६६, अष्ट्रेलिया ६ हजार १७७, श्रीलङ्का ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५ जना, बङ्गलादेश ४ हजार ६४१ र म्यानमार ३ हजार ३८ जना आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा, अक्टोबरमा युरोपबाट सबैभन्दा धेरै ४० हजार ६०० अर्थात ३१.६% पर्यटक आएका छन् ।
त्यसपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशहरूबाट २९ हजार ६० जना अर्थात २२.६% र एसियाका अन्य देशहरूबाट २३ हजार १२७ जना अर्थात १८% पर्यटक आएका छन् ।
यस्तै अमेरिकाबाट १६ हजार ४०७ अर्थात १२.८% ओसेनियाबाट ६,८१४ अन्य देशहरूबाट ८,४४४ (६.६%), मध्यपूर्वबाट ३,५४८ (२.८%) र अफ्रिकाबाट ४४३ (०.३%) पर्यटक भित्रिएका छन् ।
भारत र अमेरिकाबाट धेरै पर्यटक
जनवरी–अक्टोबर अवधिको समग्र तथ्याङ्क अनुसार, भारतबाट कुल २ लाख ४३ हजार ३५० पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन समग्र आगमनको एक चौथाइभन्दा बढी हो ।
संयुक्त राज्य अमेरिकाबाट ९३,९८५ र चीनबाट ७८,९२९ पर्यटक आएका छन् । अन्य प्रमुख देशहरूमा बेलायत (४७,२६१), बङ्गलादेश (४५,२८७), अष्ट्रेलिया (३८,९८४), श्रीलङ्का (३२,१३७), जर्मनी (२४,८४१), थाइल्याण्ड (२२,२६१) र दक्षिण कोरिया (१९,३२९) रहेका छन् ।
क्षेत्रगत रूपमा, १० महिनाको अवधिमा सार्क राष्ट्रहरूबाट सबैभन्दा धेरै ३ लाख ३७ हजार ५११ (३५.८%) पर्यटक आएका छन् ।
युरोपबाट १ लाख ९७ हजार २९६ (२०.९%) र एसियाका अन्य देशहरूबाट १ लाख ८० हजार १४५ (१९.१%) पर्यटक आएका छन् ।
अमेरिकाबाट १ लाख १३ हजार ४५९ (१२%), अन्य देशहरूबाट ५१,५१४ (५.५%), ओसेनियाबाट ४१,९०२ (४.४%), मध्यपूर्वबाट १७,७७३ (१.९%) र अफ्रिकाबाट ३,४७९ (०.४%) पर्यटक आएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण