स्वतन्त्र प्रेस विरोधी प्रावधानमा नेपाल पत्रकार महासङ्घकाे आपत्ति
आइतबार, १६ कात्तिक २०८२, १८ : ४६
सारांश
- नेपाल पत्रकार महासंघले छापाखाना र प्रकाशन सम्बन्धी नियमावलीका प्रावधानप्रति आपत्ति जनाएको छ।
- महासंघले निःशुल्क दर्ता र नवीकरणमा शुल्क लगाउने लगायतका ५ वटा प्रावधानको विरोध गरेको छ।
- स्वतन्त्र प्रेस विरोधी प्रावधान नसच्याए आन्दोलन गर्ने महासंघको चेतावनी छ।
काठमाडौँ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश गरी कार्यान्वयनमा ल्याएको कतिपय प्रावधान स्वतन्त्र प्रेस विरोधी देखिएको भन्दै नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने लगायतका विभिन्न ५ वटा प्रावधानप्रति महासङ्घले आपत्ति जनाएको छ ।
- नाम र डोमेन मिलेमा, जातजाति, धर्म वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य दुरुत्साहन भएमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुने भनी राखिएको स्वेच्छाचारी प्रावधान ।
- निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने प्रावधान ।
- अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधान ।
- दर्ता भएका अनलाइनको प्रमाणपत्र रद्द गर्न तीन वटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने अव्यवहारिक प्रावधान ।
- एउटै ऐन अन्तर्गत दर्ता भएका पत्रपत्रिका नवीकरण गर्न नपर्ने तर अनलाइन हरेक वर्ष नवीकरण गर्न पर्ने विभेदकारी प्रावधान ।
स्वतन्त्र प्रेस विरोधी उल्लेखित प्रावधानहरू तत्काल सच्याउन महासङ्घ सरकारसँग जोडदार माग गरेको महासङ्घका महासचिव रामप्रसाद दाहालले बताए । माग सम्बोधन नगरिए आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण