आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा
काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा रहने भएको छ ।
आइतबार आठ पार्टीका नेताहरूले कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने १८ बुँदे सहमति गरेका छन् । सहमति पत्रमा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूहका चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकीले १८ बुँदे प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गरेको सहमतिपत्रमा पार्टीको नाम खाली राखिए पनि चुनाव चिह्न पाँचकुने तारा रहने उल्लेख छ । एकीकृत पार्टीको केन्द्रदेखि वडातहसम्म संयोजक र सहसंयोजक हुनेछन् ।
आगामी ६ महिनाभित्र एकता राष्ट्यि महाधिवेशन गर्ने तथा पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद लेलिनवाद हुने छ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण