राष्ट्रपति पौडेल कतार प्रस्थान, तस्बिरहरू
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार प्रस्थान गरे।
- उनले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिवसँग भेटवार्ता गर्नेछन्, र सम्मेलनमा सम्बोधन गर्नेछन्।
- सम्मेलनमा विकास असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिले समाजमा पारेको प्रभावबारे छलफल हुनेछ।
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्। यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।
_wqSTStpj01.jpg)
राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सलामी पनि अर्पण गरेको थियो।
_ViSoVVXGnG.jpg)
- के छन् कार्यक्रम?
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा हुन लागेको यो 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनको क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस लगायतसँग भेटवार्ता गर्नेछन्।
_ya0YFSn7RS.jpg)
- के हो सम्मेलन?
यो सम्मेलनमा वर्तमान विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिले समाजमा पारेको प्रभाव जस्ता विषयमा छलफल हुनेछ।

यसअघि, यस्तै सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो।
_bLybGIHM4C.jpg)
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै विश्व शान्ति र स्थायित्वका लागि सक्रिय सदस्यको रूपमा रहेको छ। अहिले नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पनि छ।

राष्ट्रपति पौडेल कतारको औपचारिक भ्रमण पूरा गरेर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण