मेक्सिकोमा मेयरको गोली हानेर हत्या
सारांश
- मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरको गोली हानी हत्या गरिएको छ।
- मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई गोली हान्ने आक्रमणकारीलाई घटनास्थलमै मारियो।
- मेयरको हत्या किन भयो भन्ने अहिलेसम्म स्पष्ट नभएको र घटनाको अनुसन्धान भइरहेको छ।
मेक्सिको सिटी । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरको सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । डे अफ डेड को अवसरमा आयोजित कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा उरुआपान शहरका मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजमाथि गोली प्रहार भएको हो ।
उनीमाथि सात राउन्ड गोली प्रहार गरिएको थियो । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राज्यका अभियोजक कार्लोस टोरेस पिनाको अनुसार, घटना शनिबार राति भएको हो । गोलीबारीमा नगर परिषदका एक सदस्य र एक जना अंगरक्षक पनि घाइते भएका छन् ।
आक्रमणकारीलाई घटनास्थलमै गोली हानी मारिएको र उनको पहिचान खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् । मेयरलाई गोली हान्न प्रयोग गरिएको हतियार यस क्षेत्रमा सक्रिय दुई आपराधिक समूहहरूको भएको संघीय सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले जानकारी दिएका छन् ।
राजनीतिक र संगठित अपराधजन्य हिंसाका कारण मेक्सिकोमा राजनीतिज्ञहरूमाथि बेला–बेला आक्रमण हुने क्रम रोकिएको छैन ।
मेयरको हत्या किन गरिएको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिचोआकान मेक्सिकोका सबैभन्दा हिंसात्मक राज्यहरू मध्ये एक हो, जहाँ लामो समयदेखि विभिन्न गिरोह र लागूपदार्थ तस्कर समूहबीच प्रभुत्वका लागि संघर्ष भइरहन्छ ।
गत महिना उरुआपानका मेयरले राष्ट्रपति शेनबाउमलाई संगठित अपराध र आपराधिक गिरोहहरू विरुद्ध कडा कारबाही गर्न आग्रह गरेका थिए । साथै, उनले मिचोआकानका गभर्नर र राज्य प्रहरी विभागमाथि भ्रष्टाचारका गम्भीर आरोप पनि लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण