चन्द्रागिरिबाट लागुऔषधसहित २ जना पक्राउ
सोमबार, १७ कात्तिक २०८२, ११ : १०
सारांश
- काठमाडौंको चन्द्रागिरीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा निकेश कार्की र सन्दीप भुजेल रहेका छन्।
- प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित बसुन्डोलबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–२ नागढुंगा घर भएका २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दीप भुजेल छन् ।
आइतबार प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी सहायक हवल्दार किशोर खत्री नेतृत्वको टिमले चेकजाँच गर्दा उनीहरूको साथमा लागुऔषध फेला परेको थियो ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ । उनीहरू सवार बा.८० प ८९१५ नम्बरको एनएस मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण