एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट ९ बुँदे प्रस्ताव पारित
सारांश
- महेश कुमार श्रेष्ठको नेतृत्वमा एनआरएनएको एकताका लागि रोडम्याप पारित भएको छ।
- डा. बद्री केसी पक्षसँगको सहमतिका लागि ९ बुँदे प्रस्ताव पारित गरिएको छ।
- आगामी १२औं महाधिवेशन निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने योजना छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले आफ्नो रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।
आइतबार राति बसेको श्रेष्ठ नेतृत्वको कार्यसमितिको बैठकले डा बद्री केसी पक्षसँग सहमतिका लागि पेस गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।
श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर) लामाले सहमतिको प्रस्ताव पेस गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्वयन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।
सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।
श्रेष्ठले डा बद्री केसीले नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छौं,’ श्रेष्ठले भने ।
अध्यक्ष श्रेष्ठको नेतृत्वमा तयार गरिएको मस्यौदाले आगामी १२औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने स्पष्ट योजना समेटेको छ । यसका लागि अध्यक्ष श्रेष्ठको नेतृत्वमा स्टेरिङ कमिटी गठन गर्ने र एमआइएस व्यवस्थापन समिति र विवाद समाधान समितिहरु पनि गठन गर्ने प्रस्ताव गरिएको छ ।
श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट निर्वाचित भएको हो । पारित प्रस्तावअनुसार उच्चस्तरीय समितिलाई सम्मान गर्दै थप एकतामा जोड दिइएको छ ।
यस्तै एकताको निश्चित भएपछि एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ ।
यो प्रस्ताव बद्री केसी पक्षले स्वीकार गरेमा एकता टाढा नरहेको बताइएको छ । सहमति जुटेसँगै छ महिनाभित्र एकता महाधिवेशन गर्ने लक्ष्य लिइएको छ ।
सहमतिका मुख्य बुँदाहरू यस प्रकार छन्–
-एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने।
-सम्मानित सर्वोच्च अदालतको मिति २०८० चैत्र २१ गते (२०२४ अप्रिल ३ तारिख) रिट नं ०७९–wo–१५०७ मा भएको परमादेश बमोजिम संघका पूर्व अध्यक्ष डा.शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने, साथै संघको केन्द्रीय कार्यालयमा अध्यक्ष महेश कुमार श्रेष्ठ र पदाधिकारीहरुलाई कार्यालयमा पदासिन गराउने ।
-गैरआवासीय नेपाली संघको बाह्रौं महाधिवेशन सहमति पत्रमा हस्ताक्षर भएका मितिले ६ महिना भित्र सम्पन्न गर्ने। १२औं महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि एक स्टेअरिङ कमिटी गठन गर्ने। उक्त कमिटीले विधानमा र कार्यविधिमा व्यवस्था भए अनुसार निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधी व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण