युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
सोमबार, १७ कात्तिक २०८२, १३ : ४७
सारांश
- आकर्षक तलबको प्रलोभनमा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- भक्तपुरका राहुल पुन्जले एक जना पीडितबाट ४२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
- प्रहरीले उनलाई काठमाडौँ महानगरपालिकाबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण