मालदिभ्सद्वारा सन् २०२६ का लागि रक्षा क्षेत्रमा लगानी वृद्धि
कोलम्बो । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार सन् २०२६ को बजेटमा रक्षा खर्च र पूर्वाधार लगानीमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेका छन्।
मालदिभ्सको सरकारी सञ्चारमाध्यम पिएसएम न्यूजका अनुसार विजय दिवस समारोहका क्रममा मुइज्जुले यस्तो घोषणा गरेका हुन्।ण्
राष्ट्रपति मुइज्जुले भने, “सरकारले सन् २०२६ को लागि रक्षा सम्बन्धित कार्यक्रमहरूको लागि १८ करोड १० लाख ५६ हजार अमेरिकी डलर छुट्याएको छ।”
उनले भने, “सरकारले भौतिक पूर्वाधार र मानव पुँजी विकास दुबैमा नयाँ ध्यान केन्द्रित गदै आएको छ भने विगत दुई वर्षमा रक्षा क्षेत्रले विशेष प्राथमिकता पाएको छ।”
“यो लगानीको एक प्रमुख तत्त्व मालदिभ्सको राष्ट्रिय सुरक्षा बल र मालदिभ्स प्रहरी सेवाले प्रयोग गर्ने सुविधाहरूको पुनर्स्थापना हो,” उनले भने।
भौतिक स्तरोन्नतिको समानान्तरमा सरकारले मालदिभ्स राष्ट्रिय सेवा कार्यक्रम मार्फत युवा संलग्नतामा आफ्नो लगानी विस्तार गर्दैछ। अर्को वर्षको सुरुमा, यस पहलले वार्षिक एक हजार युवाहरूलाई रोजगारी प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण