घनश्याम भुसालको विशेष पत्रकार सम्मेलन बुधबार
मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ०२
सारांश
- माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसालले अलग्गै मोर्चा बनाउने भएका छन्।
- अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष पार्टी एकतामा सहभागी हुने भएपछि भुसालले एकीकृत समाजवादी पुनर्गठन गर्ने भएका छन्।
- भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै मोर्चा घोषणा गर्ने र यसको उद्देश्यबारे जानकारी दिनेछन्।
काठमाडौँ । माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) महासचिव घनश्याम भुसालले अलग्गै मोर्चा बनाउने भएका छन् ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष पार्टी एकतामा सहभागी हुने भएपछि भुसालले एकीकृत समाजवादी पुनर्गठन गर्ने बताउँदै आएका छन् । ‘विद्रोहलाई रक्षा गर्नका निम्ति हाम्रो पार्टीको महासचिव घनश्याम भुसालद्वारा विशेष घोषणा हुँदैछ’, भुसाल निकट नेता दामोदर अर्यालले भने, ‘बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।’
भुसालले बुधबार गर्ने पत्रकार सम्मेलनमा मोर्चा घोषणा गर्ने र मोर्चाको उद्देश्य, आवश्यकता र समेटिने शक्तिबारे जानकारी गराउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण