कार्यवाहक सभापति खड्काको ३ बुँदे प्रतिबद्धता, खुल्यो कांग्रेस मुख्यालयको गेटको ताला
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यालयको गेटमा लगाइएको ताला कार्यवाहक सभापति खड्काको प्रतिबद्धतापछि खोलियो।
- कार्यवाहक सभापति खड्काले १५औँ महाधिवेशनको मिति तोक्ने प्रतिबद्धता जनाए।
- उनले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्ने र युवाको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो।
ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले रातोपाटीलाई यसको जानकारी दिए। नेता रिमालका अनुसार कार्यवाहक सभापति खड्काले निम्न तीन प्रतिबद्धता जनाएका छन्:
१. १५ औँ महाधिवेशनको मिति तोक्ने: नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।
२. क्रियाशील सदस्यताको विवरण सार्वजनिक: विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने।
३. युवाको माग सम्बोधन: ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने।
खड्काले यी प्रतिबद्धता जनाएपछि कांग्रेस मुख्यालयमा लगाइएको ताला खोलिएको रिमालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण