राप्रपा नेपालले राप्रपासँग राख्यो पार्टी एकताको प्रस्ताव
सारांश
- राप्रपा नेपालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टी एकताको प्रस्ताव गरेको छ।
- दुवै पक्षबीच मुलुकको राजनीतिक घटनाक्रम र ध्रुवीकरणबारे छलफल भएको थियो।
- अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिएर पार्टीमा छलफल गर्ने बताए।
काठमाडौँ । समान बिचार भएका राजनीति दल र सक्तीहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसंग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ ।
लिङ्देन निवास ललितपुरको लामाटारमा आज बिहान भएको भेटघाट र छलफल सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणका बारेमा गम्भीर छलफलका साथ समान बिचार भएकाहरुबिचको सहकार्य र एकताको आवश्यकता बारे गहिरो चर्चा परिचर्चा भएको समेत उनले बताए ।
“राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ, पार्टी भित्र छलफल गरी पुनः चाँडै नै छलफलमा बस्ने भन्नुभएको छ“ लिङ्देनको भनाई उद्धृत गर्दै बर्तौलाले भने ।
लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण