चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा जे देखियो, तस्बिरहरू
सारांश
- अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र 'हर्ष' को ट्रेलर सार्वजनिक गरिएको छ।
- चलचित्र मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ, जसलाई एकता पौडेलले निर्देशन गरेकी हुन्।
- चलचित्र पारिवारिक र सामाजिक कथामा आधारित छ, जसमा नीर शाह, सन्तोष पन्त लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम म्युजिकको निर्माणमा बनेको यो चलचित्रलाई निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन्। पौडेलको निर्देशनमा बनेको यो उनको डेब्यू चलचित्र हो। उनले यसअघि केही छोटा चलचित्रको निर्माण गरिसकेकी थिइन्। चलचित्रलाई उनले दिवङ्गत निर्देशक शिव रेग्मीलाई समर्पण गरेकी छन्।
न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र मेकिङ र आमसञ्चारमा स्नातक गरेकी निर्देशक पौडेलले चलचित्र ‘हर्ष’ लाई पारिवारिक र सामाजिक कथामा आधारित रहेको बताएकी छन्। चलचित्रको कथा र पटकथा पनि पौडेलकै लेखन रहेको छ। सम्पूर्ण छायाङ्कन चितवनमा गरिएको यो चलचित्र हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ।
चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओसे गुरुंग, विशाल पहाडी, निमा पाण्डे, लुनिमा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा र संगीत नाफितको अभिनय रहेको छ।
चलचित्रका निर्माता प्रश्न पौडेल र विकास पौडेल हुन् भने हिक्मत चौखल कार्यकारी निर्माता रहेका छन्। चलचित्रको छायाङ्कन आलोक शुक्लाले र सम्पादन लोकेश बज्राचार्यले गरेका छन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता खगेन्द्र लामिछानेले भने, '२/३ वर्षको अन्तरालपछि चलचित्र खेलेको छु। महिला निर्देशकले निर्देशन गरेको चलचित्रमा अभिनय गर्नु मेरो पहिलो अनुभव हो। एकता पौडेलले निकै मिहिनेतका साथ यो चलचित्र बनाएकी छन्। म उनको कामको सम्मान गर्छु।'
त्यस्तै अभिनेत्री वर्षा राउतले आफ्नो भूमिकाबारे भन्दै भनिन्, 'मलाई आमा, सासू र परिवारसँग सम्बन्धित पात्रहरू सधैं मन पर्छ। ‘हर्ष’ मा म त्यस्तै भूमिकामा छु, र भविष्यमा पनि यस्ता पात्रहरूमा आफूलाई देखिरहने छु।'
_w29prbumAp.jpg)
_nmKsknCaSQ.jpg)
_vwKaxAnijJ.jpg)
_KGUTGG8q3X.jpg)
_BQueVBSGr6.jpg)
_ywiLe9RWdk.jpg)
_D5M4qxjr9v.jpg)
_1zAp7vQvUw.jpg)
_oORMe0hqcn.jpg)
_KwBjq4Pwuy.jpg)
_LtzquCf2jE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण