जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरीतको एकता स्वीर्कान सकेनौँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबिच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताए ।
उनले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिसहरू पार्टीभित्र असफल भएको बताए ।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए । सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी एकताको नाटक गरिएको उनको भनाई छ ।
उनले भने,‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफदेही बनाउने, पार्टीभित्र विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपले पुनःगठन गरेर, पुनर्संरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरूलाई जानकारी नै छ । पछिल्लो समयसम्म आइपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ । यो अर्थात् कुरालाई रूपान्तरण गर्ने हाम्रा कोसिसहरू पार्टीभित्र सफल भएनन् । आज झन् अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत जे एकता भइरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’
उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरू भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण