जनकपुरधाममा व्यापारीको आन्दोलन स्थगित, प्रशासन र व्यापारीबिच सहमति
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइमा प्रशासन र व्यापारीहरूबिचको छलफल सहमतिमा टुंगिएपछि व्यापारीहरूको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको प्रहरी प्रशासनका पदाधिकारीका साथै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरूबिचको छलफल सहमतिपूर्ण रूपमा सम्पन्न भएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघले व्यापारीमाथि प्रहरीले दमन तथा कुटपिट गरेको आरोप लगाउँदै आन्दोलन भएको थियो । आन्दोलन स्थगित भएपछि जनकपुरधामको बजार व्यवसाय पुनः निर्वाध रूपमा सञ्चालनमा आउने भएको छ ।
छलफलमा जनकपुरधामको सोनरपट्टी बजारमा गत असोज ३१ गते भएको घटनाको छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, बजार व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा सहमति भएको जनाइएको छ ।
धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सुनचाँदी बजार क्षेत्रमा छापा मारेको थियो । त्यस क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए ।
प्रहरी र व्यापारीबिच विवाद बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए । घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण