राजनीति
पत्रकार सम्मेलन गरेर एमालेमा फर्किँदै रामकुमारी झाँक्री
मङ्गलबार, १८ कात्तिक २०८२, २१ : १०
सारांश
- नेकपा एसका नेता रामकुमारी झाँक्रीसहितको समूहले बुधबार पत्रकार सम्मेलन गर्दै एमालेमा फर्किने घोषणा गर्ने भएको छ।
- पूर्वमन्त्री किसान श्रेष्ठका अनुसार, पत्रकार सम्मेलन बिहान १० बजे बसेरा होटलमा हुनेछ।
- एकीकृत समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ, किनकि सोही दिन माओवादीसहित ९ दलले नयाँ पार्टी घोषणा गर्दैछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।
‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने ।
बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर 'नेपाल कम्युनिस्ट पार्टी' घोषणा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण