फेरि कानुनी लफडामा परे सलमान, अदालतले पठायो नोटिस
सारांश
- बलिउड अभिनेता सलमान खानलाई पान मसलाको विज्ञापन गरेकोमा कानुनी नोटिस जारी गरिएको छ।
- राजस्थानको कोटा उपभोक्ता अदालतले सलमान खानलाई भ्रामक विज्ञापन गरेको आरोपमा नोटिस पठाएको हो।
- यस मुद्दाको अर्को सुनुवाइ २०२५ को नोभेम्बर २७ मा हुनेछ, जसमा सलमान खान र सम्बन्धित कम्पनीलाई उपस्थित हुन भनिएको छ।
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खान एक पटक फेरि कानुनी लफडामा परेका छन् । यसपटक मुद्दा उनको कुनै फिल्म वा विवादसँग नभएर पान मसलाको विज्ञापनसँग सम्बन्धित छ ।
राजस्थानको कोटा उपभोक्ता अदालतले सलमान खानको नाममा नोटिस जारी गरेको छ । अभिनेताले प्रचार गरेको पान मसला ब्रान्डको विज्ञापन भ्रामक भएको अनि यसले उपभोक्ताहरूलाई गलत बाटोमा डोराइरहेको आरोप मुद्दामा लगाइएको छ ।
रिपोर्टका अनुसार, राजस्थान उच्च अदालतका वरिष्ठ अधिवक्ता तथा राजनीतिक नेता इन्दरमोहन सिंह हनीले सलमान खानविरुद्ध उजुरी दर्ता गरेका छन् । सलमान खानले प्रचार गरेको कम्पनीले अलैँची र केसर मिसाइएको पान मसला भन्दै आफ्नो उत्पादनको झूटो विज्ञापन गरेको हनीको भनाइ छ ।
केसरको मूल्यप्रति किलोग्राम लगभग चार लाख रुपैयाँ पर्छ, र पाँच रुपैयाँको थैलीमा यति महँगो उत्पादन कसरी पाउन सकिन्छ ? उजुरीकर्ताले प्रश्न गरेका छन् ।
कोटा उपभोक्ता अदालतले यो उजुरीमाथि संज्ञान लिँदै सलमान र सम्बन्धित कम्पनी दुवैलाई नोटिस पठाएको छ । यस मुद्दाको अर्को सुनुवाइ २०२५ को नोभेम्बर २७ तोकिएको छ ।
यस्ता विज्ञापनहरूले युवाहरूलाई भ्रमित पार्ने र समाजमा गलत सन्देश पठाउने अदालतमा दायर गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
‘सलमान खान लाखौँ मानिसहरूका लागि आदर्श हुन् । तर उनले जब कुनै उत्पादनको प्रचार गर्छन्, मानिसहरूले बिना सोच बुझ यसलाई विश्वास गर्छन् । विश्वका धेरै देशहरूमा ठुला फिल्म स्टारहरूले कोल्ड ड्रिंक्सको समेत प्रचार गर्दैनन्, तर हाम्रो देशमा स्टारहरूले पान मसला जस्ता हानिकारक उत्पादनहरूको विज्ञापन गर्छन् । उनीहरूले युवाहरूलाई गलत दिशामा लैजानु हुँदैन’ याचिकाकर्ताले भनेका छन् ।
यो विवादमा अहिलेसम्म सलमान खान वा पान मसला कम्पनीबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यतिबेला सलमान अपूर्व लाखियाको निर्देशनमा बन्न लागेको ‘ब्याटल अफ गलवान’ को छायाङ्कनमा व्यस्त छन् । उनी सप्ताहान्तमा टिभी कार्यक्रम ‘बिग बोस १९’ पनि होस्ट गरिरहेका छन् ।
विज्ञापन खेलेकै कारण कुनै बलिउड स्टारलाई लिगल नोटिस आएको यो पहिलो पटक होइन । यसअघि, अमिताभ बच्चन, अक्षय कुमार र अजय देवगन जस्ता स्टारहरूले सुर्तीजन्य पदार्थ वा पान मसलाको विज्ञापन गरेकोमा आलोचना खेप्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण