रवि भेट्न सिंहदरबार पुगिन् निकिता
बुधबार, १९ कात्तिक २०८२, १४ : १३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार लगियो।
- पत्नी निकिता पौडेल पनि रविलाई भेट्न सिंहदरबार पुगिन्।
- जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगमा लामिछानेलाई उपस्थित गराइएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि लगिएसँगै पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन् । रविलाई बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार लगिएको थियो ।
जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो । सोही स्थानमा रविलाई भेट्नका लागि निकिता पुगेकी हुन् ।
भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण